Health Information and Health Key Messages - Nepali
यस पृष्ठमा तपाईंले स्वास्थ्य विभागले साझा गर्नुपर्ने केही महत्त्वपूर्ण जानकारी देख्नुहुनेछ। यस पृष्ठको तल्लो भागमा तपाईंको भाषामा अनुवाद गरिएका कागजात र भिडियोहरूको तालिका छ। यो पृष्ठका साथै कागजात र भिडियोहरूलाई व्यावसायिक रूपमा अनुवाद गरिएको थियो र धेरैको स्थानीय समुदायका सदस्यहरूद्वारा समीक्षा पनि गरिएको थियो।
> स्वास्थ्य विभागका सबै अनुवादहरूको सूची हेर्नुहोस्। सम्पूर्ण वेबसाइटमा अनुवादहरू भेटाउनका लागि यो चिन्ह खोज्नुहोस्:
HealthVermont.gov वेबसाइटमा अन्य धेरै स्वास्थ्य जानकारी छ र तपाईंले सम्पूर्ण साइट र धेरै अनलाइन फारमहरूका स्वचालित अनुवाद हेर्न Google Translate प्रयोग गर्न सक्नुहुन्छ। त्यसो गर्न, पृष्ठको शीर्ष दायाँ कुनामा रहेको "Select Language (भाषा चयन गर्नुहोस्)" छनौट गर्नुहोस्।
यो पृष्ठको तल Google Translate का बारेमा थप पढ्नुहोस्।
> तपाईंलाई स्वास्थ्य विभागको जानकारी बुझ्न मद्दत आवश्यक हुन्छ?
निःशुल्क भाषा सेवा प्राप्त गर्न AHS.VDHPublicCommunication@vermont.gov मा इमेल गर्नुहोस्। तपाईंसँग निःशुल्क दोभाषे सेवाहरूको अधिकार छ।
स्वास्थ्य विभागले सबै भर्मन्टरवासीहरूले हामीले साझा गर्ने जानकारी, सेवा र स्रोतहरू प्रयोग गर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्ने काम गर्छ। हाम्रो पहुँचसम्बन्धी कथन पढ्नुहोस्।
तलको तालिका कसरी प्रयोग गर्ने
अङ्ग्रेजी वा अनुवादित शीर्षकमा प्रयोग गरिएको कुनै पनि शब्दद्वारा खोजी गर्न तालिकाको माथिको खोज बाकसमा टाइप गर्नुहोस्। तपाईं यी हेडिङहरूमध्ये कुनै पनि हेडिङमा क्लिक गरेर अनुवादित शीर्षक (Translated Title) वा अङ्ग्रेजी शीर्षक (English Title) द्वारा पनि श्रेणीबद्ध गर्न सक्नुहुन्छ।
Google Translate बारे थप कुराहरू
यो कागजात व्यावसायिक तरिकाले अनुवाद गरिएको थियो। यो Google Translate बाट अनुवाद गरिएको थिएन। यद्यपि, यो कागजातका धेरै लिङ्क Google Translate प्रयोग गर्न सकिने अङ्ग्रेजी पृष्ठहरूमा जान्छन्।
Google Translate ले अनुवाद गर्न कम्प्युटर प्रोग्रामहरूको प्रयोग गर्छ। यसले सबै जानकारी अनुवाद गर्न सक्दैन। अनुवाद सटीक वा सही नहुन सक्छ।
स्वचालित अनुवाद (कम्प्युटर प्रोग्रामहरूमार्फत गरिने) पूर्ण सही हुँदैन र यसले मानव अनुवादकहरूलाई प्रतिस्थापन गर्ने अभिप्राय राख्दैन। वेबसाइटका प्रयोगकर्ताहरूलाई Google अनुवादहरूको पहुँच सेवाको रूपमा र "जस्ताको तस्तै" उपलब्ध गराइन्छ। अङ्ग्रेजीबाट अन्य कुनै पनि भाषामा गरिएका यी जुनसुकै अनुवादहरूको शुद्धता, विश्वसनीयता वा सच्याउनेमा कुनै पनि प्रकारको व्यक्त वा निहीत वारेन्टी हुँदैन। अनुवाद सफ्टवेयरको सीमितताहरूले गर्दा केही विषयवस्तु शुद्ध रूपमा अनुवाद नहुन सक्छन्।