Vermont Department of Health Key Messages - Nepali

View in English

यस पृष्ठमा तपाईंले स्वास्थ्य विभागले साझा गर्ने केही महत्त्वपूर्ण जानकारी देख्नुहुनेछ। यो पृष्ठलाई व्यावसायिक रूपमा अनुवाद गरिएको र स्थानीय सामुदायिक सदस्यहरूद्वारा समीक्षा गरिएको थियो।  
आज यो पृष्ठ स्पेनिश, अरबी र नेपाली भाषामा उपलब्ध छ। हामी पछि धेरै भाषाहरूमा उपलब्ध गराउने छौं। यो पृष्ठ २०२३ (2023) को अन्त्यतिर अपडेट गरिने छ। 

स्वास्थ्य विभागका सबै अनुवादनहरूको सूची हेर्नुहोस्। तपाईंले अनुवादनहरू फेला पार्न यो प्रतीक पनि हेर्न सक्नुहुन्छ: 
 
A speech bubble with a Chinese character in it and another speech bubble with the letter A in it. This signifies translated information.  
 
HealthVermont.gov वेबसाइटमा अन्य धेरै स्वास्थ्य जानकारी छ र तपाईंले पूर्ण साइट र धेरै अनलाइन फारमहरूको स्वचालित अनुवादन हेर्न Google Translate प्रयोग गर्न सक्नुहुन्छ। त्यसो गर्न, पृष्ठको शीर्ष दायाँ कुनामा "Select Language" चयन गर्नुहोस्। तल Google Translate बारे थप पढ्नुहोस्। 
 
यदि तपाईंलाई स्वास्थ्य विभागका जानकारी बुझ्न मद्दत आवश्यक छ भने, कृपया भाषा सेवाहरूमा नि:शुल्क मद्दत फेला पार्न, AHS.VDHPublicCommunication@vermont.gov मा इमेल गर्नुहोस्। तपाईंसँग नि:शुल्क दोभाषे सेवाहरूको अधिकार छ। 

 

मदिरा र लागूऔषधको प्रयोग 

मैले मदिरा र लागूऔषध प्रयोगका हानीहरू बारे कसरी जान्न सक्छु? 
मदिरा, भांग (क्यानाबिज), हेरोइन, प्रिस्क्रिप्सन ओपिओइड र अन्य लागूऔषधहरू तपाईंको स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् विशषगरी यदि तपाईं युवा, गर्भवती, स्वास्थ्य अवस्थाहरू छन्, निश्चित औषधिहरू लिनुहुन्छ वा वृद्ध हुनुहुन्छ। तपाईंको प्रयोग, स्वास्थ्य जोखिम र लागूऔषध वा मदिराको प्रयोग कसरी कम गर्ने वा रोक्ने बारे आफ्नो स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नुहोस्।  
 

मैले मेरा प्रियजनसँग मदिरा र लागूऔषध प्रयोगबारे कसरी कुरा गर्ने?
यदि तपाईंसँग तपाईंले ख्याल राख्ने बच्चा, वृद्ध वा अन्य परिवार वा समुदायका सदस्यको लागूऔषध वा मदिरा प्रयोगबारे चिन्ताहरू छन् भने, तपाईंले विश्वास गर्ने व्यक्तिसँग यस बारे कुराकानी गर्नु मद्दतपूर्ण हुन्छ। समुदायका अगुवाहरू, स्वास्थ्य स्याहार प्रदायकहरू र विद्यालयका परामर्शदाताहरूले समर्थन प्रस्ताव गर्न सक्छन् र तपाईंका प्रियजनहरूलाई मद्दत गर्ने योजना बनाउन मद्दत गर्न सक्छन्। 
 

मैले आफ्नो वा प्रियजनका लागि मदिरा र लागूऔषध प्रयोगमा कसरी मद्दत प्राप्त गर्न सक्छु? 

Image
VT Helplink alcohol and drug support center logo

यदि तपाईं वा तपाईंले चिन्नुभएको कसैलाई मदिरा, भांग (क्यानाबिज), हेरोइन, प्रिस्क्रिप्सन ओपिओइड वा अन्य लागूऔषधसँग मद्दत चाहिन्छ भने, Vermont Helplink लाई ८०२-५६५ -५४६५ (802-565-5465) मा

फोन गर्नुहोस्। Vermont Helplink नि:शुल्क र गोपनीय छ। अनुवादन सेवाहरू उपलब्ध छन्।   

  
जन्मको प्रमाणपत्र, विवाहको प्रमाणपत्र, मृत्यको प्रमाणपत्र र थप  

मैले व्यक्तिगत रेकर्डहरूका प्रतिलिपिहरू कसरी अर्डर गर्न सक्छु?  

  • तपाईंले महत्त्वपूर्ण (भाइटल) रेकर्डहरू (जस्तै जन्म, विवाह र मृत्यु प्रमाणपत्रहरू) को प्रमाणित र अप्रमाणित प्रतिलिपिहरू अनलाइन (अङ्ग्रेजीमा) वा पत्राचार मार्फत अर्डर गर्न सक्नुहुन्छ।   

  • प्रमाणित प्रतिलिपिहरू राज्यले उत्कीर्ण/ कुँदिएको सुरक्षा कागजमा उठेको छापको साथ छापिन्छन्। प्रत्येक प्रमाणपत्रको शुल्क $ १० (10) हो।   

  • अप्रमाणित प्रतिलिपिहरू सादा सेतो कागजमा "अप्रमाणित प्रति" वाटरमार्कसँगै छापिन्छन् । अप्रमाणित प्रतिलिपिहरू नि:शुल्क छन्।  
     

अनलाइन वा पत्राचार मार्फत अर्डर गर्नेबारे पूर्ण विवरणहरू (अङ्ग्रेजीमा)। 
 

जन्म, विवाह वा मृत्युको प्रमाणपत्र सच्याउने वा परिवर्तन गर्ने।  

  • जन्म, विवाह, मृत्युका प्रमाणपत्रहरू र अन्य रेकर्डहरू संशोधन गर्न जानकारी र आवेदनहरू अनलाइन मा (अङ्ग्रेजीमा) उपलब्ध छन्।   

 

महत्त्वपूर्ण रेकर्डहरू अर्डर र परिवर्तन गर्नेबारे पूर्ण विवरणहरू र निर्देशनहरू (अङ्ग्रेजीमा)।  

   
तपाईलाई स्वस्थ वातावरणमा बाँच्न मद्दत गर्न हामीले प्रदान गर्ने सेवा र जानकारी 

जलवायु परिवर्तनले मेरो स्वास्थ्यलाई कसरी असर गर्छ?   

भर्मन्टमा जलवायु परिवर्तनको अर्थ यहाँको गर्मीयाम धेरै गर्मी, छोटो जाडोयाम र बारम्बार धेरै पटक आउने आँधीहरू भन्ने बुझिन्छ। यी प्रवृत्तिहरू जारी रहने अपेक्षा गरिन्छ। यहाँ केही जानकारी र सेवाहरू छन् जुन हामीले मानिसहरूलाई भर्मन्टको जलवायु परिवर्तन र मौसमको सामना गर्न मद्दत गर्न प्रस्ताव गर्छौं। 
 

गर्मीयाम मा:  

 
जाडोयाम मा:  

  

मैले मेरो घर स्वस्थ छ भनी कसरी निश्चित गर्न सक्छु?  

घर त्यो ठाउँ हो जहाँ हामी सुरक्षित र खुसी महसुस गर्न चाहन्छौं। हामी बस्ने ठाउँलाई सुरक्षित बनाउन धेरै कुराहरू गर्न सक्छौं।    
 

बच्चाहरूलाई लिड विषाक्तताबाट सुरक्षित राख्नुहोस्  

  • शरीरमा लिडको सुरक्षित स्तर हुँदैन।   

  • शरीरमा लिड धेरै हुनाले वा लिडको विषाक्तताको कारण बच्चाको वृद्धि सुस्त हुने, उनीहरूको विकास र सिकाइमा हानि पुग्ने र व्यवहारसम्बन्धी समस्याहरू आउन सक्छ।  

  • तपाईंको बच्चा १  (1) वर्ष र फेरि २ (2) वर्षको उमेर हुँदा लिड परीक्षण गर्ने बारे तपाईंको बच्चाको स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नुहोस्।   

  • यदि तपाईंको बच्चा हालै संयुक्त राज्यमा आउनुभएको छ भने, ६ (6) महिनादेखि १६ (16) वर्षसम्मका तपाईंका बालबालिकाको परीक्षण बारे तपाईंको बच्चाको स्वास्थ्य स्याहार प्रदायकसँग कुरा गर्नुहोस्।   

  • यदि तपाईं सन्  १९७८ (1978) पहिले निर्माण गरिएको घरमा भाडामा बस्दै हुनुहुन्छ भने:  

  • तपाईंको घरधनीले पेन्टलाई राम्रो अवस्थामा राख्न नियमहरूको पालना गर्न आवश्यक हुन्छ, यसो गर्दा लिड विषाक्तता हुन पाउँदैन। यी नियमहरू बारे थप जान्नुहोस् (अङ्ग्रेजीमा)।   

  • यदि तपाईंको घरधनीले नियमहरूको पालना गर्नुहुन्न भने, कृपया यो फाराम भर्नुहोस् (अङ्ग्रेजीमा)। 

 

तपाईंको घरमा रेडन (Radon) जाँच गराउनुहोस्  

  • रेडन प्राकृतिक रूपमा पाइने रेडियोएक्टिभ ग्याँस हो।  

  • रेडन भएको हावामा सास फेर्दा यसले तपाईंको जीवनकालमा फोक्सोको क्यान्सर हुने जोखिम वृद्धि गर्छ।  

  • भर्मन्टका ७ (7) मध्ये १  (1 ) घरमा रेडनको मात्रा असुरक्षित छ।  

  • रेडनको नि:शुल्क जाँच सामग्री अर्डर गर्न:  

  • ८००-४३९-८५५०  (800-439-8550) (भर्मन्टमा टोल-फ्री) मा फोन गर्नुहोस्  

  • हामीलाई radon@vermont.gov मा इमेल गर्नुहोस्  
     

तपाईंको इनार वा झरनाको पिउने पानीको जाँच गराउनुहोस्   

  • यदि तपाईंको पिउने पानी इनार वा झरनाको हो भने, यो पानी पिउन सुरक्षित छ भनी निश्चित गर्न नियमित रूपमा यसका प्रदूषित तत्वहरूको जाँच गर्न महत्त्वपूर्ण हुन्छ।  

  • ब्याक्टेरिया, अजैविक रसायनहरू र ग्रोस अल्फा रेडियसनका लागि तपाईंको इनार वा झरनाको परीक्षण गराउन सिफारिस गर्छौं।   

  • तपाईंले Health Department Laboratory लाई   ८००-६६०-९९९७ (800-660-9997) वा ८०२- ३३८-४७३६  (802- 338-4736) मा फोन गरेर पिउने पानीको परीक्षण सामग्री अर्डर गर्न सक्नुहुन्छ।  

  

मैले खाना वा बस्ने (लजिङ) व्यवसाय खोल्न इजाजतपत्रका लागि कसरी आवेदन दिन सक्छु?   

  • तपाईंले सर्वसाधारणलाई खाना बेच्ने वा बस्ने (लजिङ) उपलब्ध गराउनुहुन्छ भने, तपाईंलाई धेरैजसो अवस्थाहरूमा स्वास्थ्य विभागको इजाजतपत्र आवश्यक हुनेछ।   

  • सुरु गर्न एकपछि अर्को चरण गर्दै निर्देशनहरू पालना गर्नुहोस् (अङ्ग्रेजीमा)। 

  • तपाईंलाई मद्दत चाहिन्छ भने, ८०२-८६३-७२२० (802-863-7220) वा ८००-४३९-८५५० (800-439-8550) (भर्मन्टमा) फोन गर्नुहोस्।  

  

के तपाईंले मलाई चासो लागेको अवस्थाहरूबारे छानबिन गर्न मद्दत गर्न सक्नुहुन्छ?     

  • यदि तपाईं रेस्टुरेण्टबाट हुन सक्ने खानाको विषाक्तता बारे चिन्तित हुनुहुन्छ भने, कृपया यो फाराम भर्नुहोस्।  

  • यदि तपाईं खाना वा बस्ने (लजिङ) व्यवसायको सरसफाइबारे चिन्तित हुनुहुन्छ भने, कृपया यो फाराम भर्नुहोस्।   

  

Google Translate बारे थप 

 Google Translate ले अनुवाद गर्न कम्प्युटर प्रोग्रामहरूको प्रयोग गर्छ। यसले सबै जानकारी अनुवाद गर्न सक्दैन। अनुवादनहरू ठ्याक्कै वा सही नहुन सक्छन्।  
 
कुनै पनि स्वचालित अनुवादन (कम्प्युटर प्रोग्रामहरूमार्फत गरिने) परिपूर्ण हुँदैन र यसले मानव अनुवादकहरूलाई प्रतिस्थापन गर्ने अभिप्राय राख्दैन। यी अनुवादनहरू वेबसाइटका प्रयोगकर्ताहरूलाई सेवाको रूपमा उपलब्ध गराइन्छ र "जस्ताको तस्तै" उपलब्ध गराइन्छ। अङ्ग्रेजीबाट अन्य कुनै पनि भाषामा गरिएका यी कुनै पनि अनुवादनहरूको शुद्धता, विश्वसनीयता वा सच्याउनेमा कुनै पनि प्रकारको अभिव्यक्त वा लक्षित वारेन्टी गरिंदैन। अनुवादन सफ्टवेयरको सीमितताहरूको कारण केही सामग्री शुद्ध रूपमा अनुवादन नहुन सक्छन्। 

Topics:
Last Updated: